काठमाडौँ। सानो तारादेवीको ट्याग पाएकी जुनु प्रसाईँ । रियालिटी सो मेरो भ्वईस युनीभर्समा तिम्रा पाउँहरूमा म सधैँ झुकीरहन्छु.. बोलको गीत गाएपछि उनी सबेको नजरमा परिन् । यसपछि उनको आवाजको चौतर्फी प्रशंसा भइरहेको छ र धेरेले उनलाई सानो तारादेवी पनि भनीरहेका छन् ।
रोजगारीको सिलसिलामा कतारमा रहेकी जुनुले त्यहीबाट अडिसन दिएकी थिइन् । अडिसनमा पास भएपछि प्रतियोगी बनेर उनी नेपाल आइन् । अहिले उनी टप ७ मा पुगीसकेकी छन् । धेरैले उनी नै विजेता हुनुपर्छ भनेर माया र साथ दिइरहेका छन् ।
पहिल्यैदेखि गीतसङ्गीतमा होमिएकी जुनु गीत सङ्गीमा लागेर मात्रै जिन्दगी नबन्ने रहेछ भन्ने सोचेर वैदेशिक रोजगारीका लागी खाडी मुलुक पुगिन् । उनी माथि घरपरिवारको जिम्मेवारी पनि ठुलै छ । तर जहाँ पुगेपनी उनीमा गीतसङ्गीतको भोक भने हराएको थिएन । मेरो भ्वईसले विभिन्न देशमा अडिसन लियो र कतारबाटै जुनुले एक पटक प्रयास गर्छु भनेर अडिसन दिइन् । र आज टप ७ मा पुग्न सफल भई सकेकी छन् ।







२८ श्रावण २०८२, बुधबार १७:०५ 








