यम बुद्धको शव काठमाडौं ल्याईयो, श्रृद्धाञ्जलीका लागी प्रज्ञाभवनमा

...

माघ, काठमाडौं । नेपालका चर्चित ¥यापर अनिल अधिकारीको शब काठमाडौं ल्याईएको छ । यमबुद्ध नामले चिनिएका अधिकारीको शव शनिबार दिउँसो त्रिभुवन बिमानस्थलबाट काठमाडौं ल्याईएको हो ।
Yama-buddha- sab in kathmanduश्रीमतीसहित लण्डनमा बस्दै आएका उनले गत माघ १ गते आत्महत्या गरेका थिए । परिवारले शव नेपाल ल्याउने इच्छा राखेपछि शनिबार शब ल्याईएको हो । उनको शबलाई आजै पशुपति आर्यघाटमा अन्यष्टि गरीने बताइएको छ ।

उनको शब श्रद्धाञ्जलीका लागि केही समय राखिने छ भने श्रद्धाञ्जलीका लागी कलाप्रेमीहरु प्रज्ञाभवन जानेक्रम रहेको छ । एक दशकअघि नेपाली ¥याप संगीतमा पाइला चालेका अधिकारीको ‘मेरो जुत्तामा’, ‘साथी’, ‘आउँदै छु म’, ‘फुटपाथ मेरो घर’ लगायत एल्बम निस्किएको छ । पछिल्लो समय उनी ‘खतरा’ नामक एल्बम ल्याउने तयारीमा थिए ।