काठमाडौँ। क्यानडा जानुअघि स्वास्थ्यमा समस्या आएपछि विदेशको कार्यक्रम रुद्ध गर्नुपरेका खेम सेन्चुरी अहिले ठिक भएपछि इजरायल पुगेका छन्। उनी तीज कार्यक्रमका लागी हिजो बुधवार इजरायल पुगेका हुन्।
क्यानडामा आयोजना गरिएको हिमालयन मेलामा जान असमर्थ भएका गायक खेम सेन्चुरी इजरायलको तेल अभिभ प्रस्थान गरेका छन् । उनीसँगै गायिका जानुका तामाङ पनि इजरायल प्रस्थान गरेकी छन्।
‘हामी तीज मनाउन विशेष उत्साहका साथ इजरायल आइपुगेका छौं र सम्पूर्ण नेपाली दिदीबहिनीहरूलाई यो सांस्कृतिक मेलामा सहभागी भई तीजको रमाइलो, नाचगान र सद्भाव साटासाट गर्न हार्दिक निमन्त्रणा गर्दछौं । आउनुहोस्, हामी सबै मिलेर परदेशमा पनि देशको माटोको सुगन्ध बोकेको तीज पर्वलाई उत्सवमय बनाऔं’ सेन्चुरीले लेखेका छन् ।








२९ श्रावण २०८२, बिहीबार १३:५० 








