काठमाडौँ। नेपालकी प्रख्यात ज्वेलरी व्यवसायी सपना शर्मा (मीनु)ले दुबईको बरदुबईमा आफ्नो जय नवदुर्गा ज्वलेरी जेएनडी ज्वेलरी शोरुम भव्य रूपमा सञ्चालनमा ल्याएकी छन् । ज्वेलरी व्यवसायमा आफ्नो अद्वितीय योगदान र उत्कृष्ट सेवाका कारण छुट्टै पहिचान स्थापित गरेकी सपनाले आफ्नो व्यवसायीक यात्रा अब अन्तर्राष्ट्रिय स्तरसम्म पुर्याएकी छन् ।
उनले बरदुबईमा पाँचौँ शोरुम सञ्चालनमा ल्याएकी हुन् । शोरुमको उद्घाटन टिका सानु र पुरुषोत्तम भण्डारी (पुर्खे बा) ले संयुक्त रूपमा रिबन काटेर गरेका छन् ।
नयाँ शोरुममा आधुनिक डिजाइनका सुन -चाँदीका गरगहना,रत्नजडीत डायमन्ड सेट तथा अर्डर- मेड डीजााईनहरु सुपथ मूल्यमा उपलब्ध हुने शर्माले बताएकी छन् ।







२९ श्रावण २०८२, बिहीबार १६:१० 








