काठमाडौँ । फिल्म ‘राम नाम सत्य’को शुभमुहुर्त गरिएको छ । बिहीबार ललितपुरको बंगलामुखी मन्दिरमा क्यामेरा पूजा गर्दै फिल्मको शुभमुहुर्त गरिएको हो । फिल्मको छायाङ्कन केही दिनमा काठमाडौँमा सुरु हुनेछ । निर्माणपक्षले चितवनमा पनि फिल्मको छायाङ्कन गर्नेछ । यो फिल्मलाई चैत्रको २७ गतेबाट नयाँ वर्षको छेको पारेर रिलिजमा ल्याउन लागिएको हो ।
फिल्म ‘राम नाम सत्य’मा बिराज भट्टको साथमा सुशील श्रेष्ठ, आयुष सिंह ठकुरी, सुपुष्पा भट्ट, दिव्या रायमाझी, खुशी कार्की, सुनिल थापा, अर्पण थापा, कनिज कोइराला, रवि गिरी र दिनेश डीसीको मुख्य भूमिका छ । उपेन्द्र शाही र स्वेता विमलीको निर्माणमा तयार हुन लागेको फिल्ममा किशोर भट्ट र डाक्टर डी आर उपाध्याय कार्यकारी निर्माताको रुपमा छन् ।
निर्माणपक्षले शुभसाइतसँगै नायक बिराज भट्टको लुक्स सार्वजनिक गर्दै प्रदर्शन मिति तय गरेको हो । सार्वजनिक पोष्टरमा नायक बिराज भट्ट एङ्ग्री अवतारमा देखिएका छन् ।







३० श्रावण २०८२, शुक्रबार ०८:१७ 








