‘मिस्टर नेपाल २०२५’को उपाधिका लागि ३० युवा भिड्ने

...

काठमाडौँ । मिस्टर नेपाल २०२५ को उपाधिका लागि ३० जना युवाहरुले प्रतिस्पर्धा गर्ने भएका छन्। प्रतियोगितामा ‘मिस्टर वर्ल्ड नेपाल’, ‘मिस्टर ग्लोबल नेपाल’ र ‘म्यान अफ द वर्ल्ड नेपाल’ गरी तीन विजेता छानिनेछन्। विजेताले ‘मिस्टर वर्ल्ड २०२५’ वा ‘मिस्टर ग्लोबल २०२५’ मा नेपालको प्रतिनिधित्वको अलावा ५ लाख बराबरको पुरस्कार प्राप्त गर्नेछन्।

यस  उपाधिका लागि  इटहरी, जनकपुर, हेटौडा, चितवन, भैरहवा, धनगढी, पोखरा, नेपालगन्ज काठमाडौँ सहित डिजिटल अडिसनबाट फाइनल प्रतियोगीताका लागि ३० प्रतियोगी छानिएको आयोजक नेक्स्ट मोडल्स नेपालले जानकारी दिएको छ।

देशैभरि छरिएर रहेका युवा प्रतिभालाई समेट्ने उद्देश्यले आयोजना हुँदै आएको प्रतियोगितामा ‘मिस्टर वर्ल्ड नेपाल’, ‘मिस्टर ग्लोबल नेपाल’ र ‘म्यान अफ द वर्ल्ड नेपाल’ गरेर तीन विजेता छानिनेछ । विजेताले ‘मिस्टर वर्ल्ड २०२५’ वा ‘मिस्टर ग्लोबल २०२५’ मा नेपालको प्रतिनिधित्वको अलावा ५ लाख बराबरको पुरस्कार हात पार्नेछन् । प्रतियोगिताको कोरियोग्राफी तथा मेन्टरसिप प्रशान्त ताम्राकार रहेका छन् । प्रतियोगिताको फाइनल प्रतिस्पर्धा  सोल्टी होटलमा १२ सेप्टेम्बरमा आयोजना हुनेछ ।