आजबाट धुर्मुस सुन्तलीको प्रेरणाबाट मुसहरका ३५ जना बच्चा कखरा सिक्दै

...

माघ, बर्दिबास । महोत्तरीको बर्दिबास २ मुसहर बस्तीका अभिभावकहरुले एकै साथ ३५ जना आफ्ना साना नानीहरुलाई आजबाट कखरा लेखाउन र पढाउन सुरु गरका छन् । शिक्षाको ज्योतिबाट परेका मुसहरहरु श्रीपञ्चमी (सरस्वती पूजा)को दिन मुसहरहरुले आफ्ना नानीहरुलाई आज बुधबारबाट हातमा कलम र कपी हालि दिएर पढाउन सुरु गरेका हुन् ।
musahar bardibasधुर्मुस सुन्तलीको प्रेरणाबाट शिक्षामा जोड गरेका मुसहरहरुले पछिल्लो समय आफ्ना बच्चाहरुलाई स्कूल पठाउन थालेका बस्तीका मञ्जय सादा मुसहरले बताए । माघ शुक्ल पञ्चमीका दिन मनाइने ‘श्रीपञ्चमी’ पर्व आज विद्याकी अधिष्ठात्री देवी सरस्वतीको प्रतिमा राखेर स्थानीयहरुले निष्ठापूर्वक पूजा–आराधना गरी छोरा छोरीहरुलाई लेख्न र पढ्न आजबाट सुरुवात गरेका छन् ।
musahar childrensपुस्तैं पुस्तादेखि अक्षिति रहेका बस्तीका मुसहरहरु आफ्ना नानी बाबुलाई शिक्षा दिलाउन बस्ती नजिकैको जनता माविमा पठाएका समाजिक अभियन्ता आरके महतोले बताए । यस अघि मुसहर बस्तीका ६८ जना बच्चाहरु स्कूलमा पढिरहेका जनता माविका प्र.अ नारायण प्रसाद अधिकारीले बताए ।

मुसहर बस्तीमा जिल्ला शिक्षा कार्यालयले बिहानी कक्षाको व्यवस्था गरेका छन् ।

– आरके महतो बाट