काठमाडौँ। कृष्ण जन्माष्टमीको अवसर पारेर अस्मिता अधिकारी र आनन्द मुकारुङको सुमधुर आवाजमा ‘राधा कृष्ण’ बोलको मिठो गीत सार्वजनिक भएको छ। कुरबान अलि खानको शब्द सङ्गीतमा तयार भएको यस गीतको भिडियो पनि निकै राम्रो बनेको छ।
गीतको भिडियोमा कुरबान अलि खान र सुष्मा श्रेष्ठ फिचर्ड छन्। बन मेरी राधा, म बनुँला कृष्ण जिन्दगी नै तिमीलाई सुम्पिन्छु नछोडे है बिचमा…. लगायतका निकै मिठा भाव समेटिएका शब्द संयोजन गरिएको छ। दुई युवा युवतिबिच को प्रेमिल मनोभाव र जीवन काट्ने बाचा गरिएको कथा गीत ले प्रस्तुत गर्न खोजेको छ।
कुरबान विभिन्न रियालिटी सो- हरुमा प्रतियोगी बनिसकेका छन् , उनले ५ वटा रियालिटी सो मा आफ्नो गायन कला देखाईसकेका छन्। गायन सँगै उनी अभिनयमा पनि जमिरहेका छन्।







३० श्रावण २०८२, शुक्रबार १७:०३ 








