‘झरी पछिको इन्द्रेणी’को अस्ट्रेलिया राइट्स बिक्री

...

काठमाडौँ। अर्जुन घिमिरेको निर्देशनमा बनिरहेको चलचित्र ‘झरी पछिको इन्द्रेणी’को सुटिङ नसकिँदै अस्ट्रेलिया राइट्स बिक्री भएको छ। अस्ट्रेलियामा रहेका राम कार्कीले अस्ट्रेलिया राइट्स खरिद गरेका हुन्। कार्कीका उक्त चलचित्र नेपालसँगै अस्ट्रेलियाका प्रमुख सहरहरूमा रिलिज गरिनेछ।

हाल यस फिल्मको काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा छायांकन भइरहेको छ। ‘झरीपछिको इन्द्रेणी’ ९ वर्ष पछि पुनरागमन गर्दैछन्। फिल्ममा उप्रेतीसहित दीपाश्री निरौला, रमेश उप्रेती, निर्मल शर्मा लगायतको अभिनय छ। फिल्ममा बालेन शाहको र्याप रहने चर्चाका कारण प्रतिक्षित बनेको छ।

बाबु-छोराको कथामा आधारित यो फिल्मको एक गीतमा काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको र्‍याप रहने जनाइएको छ ।