काठमाडौँ। केही समयअघी इन्गेजमेन्ट गरेकी मोडल कुसुम शर्मा (सकम्बरी) ले माघमा बिहे गर्ने भएकी छन् । उनले प्रेमी विश्व अधिकारीसँग वैशाखमा इन्गेजमेन्ट गरेकी हुन् । धेरैलाई उनले विवाह चैँ कहिले गर्छिन् भन्ने कौतुहलता थियो र अन्ततः उनले माघमा बिहे गर्ने खुलाएकी छन् ।
प्रकाश सपुतको गीत सकम्बरी मार्फत कलकारितामा होमिएकी उनले त्यसयता धेरै काम पाइन् र लोकप्रियता कमाई सकेकी छन् । उनले फिल्ममा पनि डेब्यु गरी सकेकी छन् ।
ग्ल्यामर क्षेत्रभन्दा बाहिरका काठमाडौंमा घर भएका विश्व अधिकारीसँग उनी विवाह गर्दैछिन्।







२ भाद्र २०८२, सोमबार १०:२१ 








