फिल्म खेल्न नेपाल आइपुगिन् निरुता सिंह

...

काठमाडौँ । लामो समयदेखि मुम्बई बसोबास गर्दै आएकी अभिनेत्री निरुता सिंह नेपाल आइपुगेकी छिन् । निरुता सिंह मुम्बईबाट ‘३६को आँकडा’ फिल्ममा अभिनय गर्न नेपाल आएकी हुन्।

निरुताले पत्रकारहरूसँग कुरा गर्दै आफू फिल्मका लागि निकै अत्यन्तै उत्साहित रहेको बताइन् । ‘अब म कहीँ पनि जाँदिनँ । म निरन्तर नेपाली फिल्ममा काम गर्छु’, उनले भनिन् ‘बिचमा मलाई कोरोना भयो । त्यस कारण, मैले फिल्ममा काम गर्न पाइनँ । अब भने म कहीँ पनि जान्नँ ।’ निरुताले अब आफू नेपाली फिल्म भन्दा टाढा बस्न नसक्ने बताइन् ।

विवाहपछि मुम्बई मा रहेकी  सिंह पछिल्लो समय फिल्म ‘दाल भात तरकारी’मा देखिएकी थिइन् ।