काठमाडौँ। यतिबेला बजारमा सलिनमान बानिया र पूर्वमिस नेपाल तथा अभिनेत्री नम्रता श्रेष्ठ प्रेममा रहेको गाइँगुइँ चर्चा फिल्म क्षेत्रमा चलिरहेको छ । आइतबार बेलुका त्रिभुवन विमानस्थलमा देखिएको एक दृश्यले उनीहरूबारे चलेको चर्चालाई थप मलजल गरेको छ । भारतबाट फर्किएकी नम्रतालाई लिन सलिनमान एक्लै विमानस्थल पुगेका थिए । र, त्यहाँबाट उनीहरू सँगै बाहिरिएका थिए ।
आइतबार साँझ भारतबाट आएकी अभिनेत्री निरूता सिंहको अन्तर्वार्ता लिन पुगेका पत्रकारहरूले सलिनमान र नम्रता एकसाथ विमानस्थलबाट बाहिरिएको तस्वीर खिचेका थिए । यो तस्वीर बाहिरिएपछि उनीहरू प्रेम सम्बन्धमा रहेको चर्चा झनै चुलिएको छ ।
फिल्म ‘रंगी’ निर्माणको समयदेखि सलिनमान र नम्रताबीच निकटता बढेको बुझिएको छ । अब यी दुईले प्रेम स्विकार्छन् या नकार्छन् त्यो भने सबैको चासोको विषय बनेको छ।







२ भाद्र २०८२, सोमबार १८:०९ 








