काठमाडौँ। ‘माग्ने राजा’ चलचित्रको सुटिङ गर्दा गर्दै केदार प्रसाद घिमिरे ‘माग्ने बुढा’ ३ -४ पटक पक्राउ परेका रहेछन्। आखिर के गरे त उनले । ‘माग्ने राजा’ चलचित्रका लागी श्रीपेच लगाएर सुटिङ गर्दै गर्दा उनी पटक पटक पक्राउ परेका हुन् । ‘माग्ने बुढा’ भन्छन्, ‘दरबारमार्गमा, बालुवाटारको बाटोमा श्रीपेच लगाएर हीनेको भिडियो खीचनुपर्ने सिन थियो । तर हामी भिडियो खिच्दै गर्दा प्रहरीहरूले पटक पटक रोक्नुभयो । डिएसपी सापहरूको फोन कति आयो कति यसकारण हामीले सुटिङको लोकेसन नै चेन्ज गरेर भिडियो खिच्यौ ।’ वास्तवमा श्रीपेच लगाएर सुटिङ गरेकै कारण आफूहरू प्रहरीको निसानामा परेको उनी सुनाउँछन् ।
उनले ‘माग्ने राजा चलचित्रमा लगाएको श्रीपेच ३ लाख लगाएर तयार बनाइएको चलचित्रका निर्देशक ऋषि लामिछानेले बताएका छन् । भदौ ६ गतेदेखि प्रदर्शन तयारीमा रहेको फिल्म ‘माग्ने राजा’को रमाइलो र मर्मस्पर्शी ट्रेलर,टी जर र गीतहरू पनि सार्वजनिक भइसकेको छ । यस चलचित्रमा माग्ने बुढालाई सधैँको पात्रभन्दा फरक रूपमा देख्न पाइने छ । एक साधारण गाउँले युवाको धनी बन्ने सपनाको कथावस्तुमा फिल्म बनेको ट्रेलरबाट बुझ्न सकिन्छ ।
फिल्ममा केदारलाई विभिन्न अवतारमा प्रस्तुत गरिएको छ । शीर्ष भूमिकामा केदार घिमिरेले ले अभिनय गरेको यो पहिलो फिल्म हो । ऋषि लामिछाने निर्देशित फिल्मको पटकथा सामीप्य तिमल्सेनाले लेखेका हुन् । मधुसूदन शर्माको निर्माण र नरेन्द्र मैनालीको छायाङ्कन छ । यो फिल्म तीजको छेकोमा भदौ ६ गतेदेखि प्रदर्शन तयारीमा छ ।







३ भाद्र २०८२, मंगलवार १०:३३ 








