पहिलो पटक विदेश जान पाउँदा घरमा पूजा लाएका जितु नेपाल

...

काठमाडौँ। पहिलो पटक विदेश जान पाउँदा घरमा पूजा लाएका जितु नेपाल । जितुको जीवनमा कुनै दीन यस्तो थियो जुन समय उनी प्लेन चढ्न पाउ विदेश जान पाउ भगवान् भनेर प्रार्थना गर्थे । नरेफाटमा उनको घर थियो । घरको छतमाथि बाटै प्लेन उड्थ्यो । उनी सधैँ त्यही प्लेनमा उडेको कल्पना गर्थे । उनी कलकारितामा सङ्घर्ष गर्दै गर्दा पहीलोपटक वैदेशिक यात्रामा हङकङ जान पाउने अवसर पाए । र पहिलो पटक प्लेन चढ्ने, विदेश जान पाउने अवसर पाएपछि उनले घरमा ठुलो पूजा लगाएर मात्रै हङकङ गएका थिए ।

अहिले जितुको समय निकै बद्लियो उनी कहिलेकाहीँ त म गए है मात्रै भन्न पनि नभ्याएर वैदेशिक यात्रामा निस्कन्छन् । पूजा लगाउने ,बिदाइ गर्ने कुरा निकै सामान्य भई सक्यो अहिले । जितु भन्छन् समय न रहेछ पहिला विदेश जान पाउँदा पूजा लगाएर गइन्थ्यो अहिले गए है भन्न पनि नभ्याउने अवस्था छ ।

जितुले कलाकार बन्छु भनेर सोचेकै थिएनन् । सामान्य मध्यम वर्गीय परिवारको मान्छे उनी सिन्धुपाल्चोकमा घाँस दाउरा गर्दै हुर्किए । एसएलसी पास गरेपछि सानोतिनो जागिर पाइएला, आमाबुवालाई दुई–चार हजार पनि पठाउन पाइएला र आफूले पनि काम गर्दै पढ्न पनि पाउँछु, आइए- बिए  सम्म पढ्न पाइएला भनेर  उनी सहर पसेका थिए । र आज कलकारितामा लागेर यो स्थानसम्म आई पुगेका छन् ।