काठमाडौँ । फिल्म ‘गोबर गणेश’को शुभमुहूर्त काठमाडौंको म्हेपी मन्दिरमा पूजाआजा गरी गरिएको छ । हाँस्यकलाकार मरिचमान श्रेष्ठ ‘बल्छी धुर्बे’ले आफ्नो निर्देशकीय डेब्यू फिल्म ‘गोबर गणेश’को छायांकन थालेका छन् ।
फिल्मको छायांकन काठमाडौंबाट सुरु भई पोखरा लगायतका स्थानमा ३५ दिनसम्म चल्नेछ । बल्छी धुर्बे फिल्मस्को प्रस्तुतिमा निर्माण हुने यस फिल्ममा वर्षा सिवाकोटी लगायतका कलाकारहरुको अभिनय रहनेछ ।
फिल्मको रिलिज मिति माघ १ गते तोकिएको छ । फिल्ममा अन्य कलाकारहरुमा मरिचमान श्रेष्ठ, विनोद न्यौपाने, पदम तामाङ, विल्सन विक्रम राई, निर्मल शर्मा, लक्ष्मीनाथ तिमलसेना, राजु याक्छा, रामप्रसाद खनाल, सन्तोष बानिया, सन्दीप लामा, माओत्से गुरुङ, सीतादेवी तिमल्सिना र पुजन घिमिरे (पुकु)लगायत छन् ।







३ भाद्र २०८२, मंगलवार १३:१२ 








