‘कारखाना’को पोष्टर सार्वजनिक सँगै प्रदर्शन मिति घोषणा

...

माघ, काठमाडौं । चलचित्र ‘कारखाना’को पोष्टर सार्वजनिक सँगसँगै प्रदर्शन मिति पनि घोषणा गरीएको छ । सुशिल श्रेष्ठ र बर्षा शिवाकोटीको मुख्य भुमिका रहेको यस चलचित्र आउँदो नयाँ बर्षको जेठ ५ मा प्रदर्शन हुँदैछ ।

karkhana-nepali movie - artist khabarचलचित्रको पोस्टर सार्वजनिक गर्दै निर्माण टिमले प्रदर्शन मितिपनि तय गरेको हो । शान थापाले तयार गरेको सार्वजनिक पोस्टरमा लिड कलाकार सुशिल र बर्षाको प्रेमलाई देखाउन खोजिएको छ ।


चलचित्रको यसअघि सार्वजनिक ‘मायाले बोलेको’ बोलको गीत दर्शक श्रोतामा लोकप्रिय भइसकेको छ । चलचित्रलाई अमरदिप सापकोटाले निर्देशन गरेका हुन् । चलचित्रलार्इ सुदिप खड्का र अमर बज्राचार्यले संयुक्त लगानीमा निर्माण गरेका हुन् ।