काठमाडौँ। चर्चित कथावाचक तथा युवा पुस्तामाझ लोकप्रिय साइग्रेस पोखरेल फिल्ममा अनुबन्धित भएका छन्। उनले फिल्म ‘आ बाट आमा’बाट अभिनय करिअर सुरु गर्न लागेका हुन् ।फिल्मको प्रमुख पात्रमध्ये एक सशक्त भूमिकामा साइग्रेसलाई अनुबन्धित गरेको स्रोतले बताएको छ।
स्पेनको बार्सिलोनामा बस्दै आएका साइग्रेस फिल्मको छायांकनका लागि यसै साता नेपाल आउने जनाइएको छ । फिल्मको छायांकन यही भदौ १२ गतेबाट सुरु हुँदैछ ।
फिल्ममा साइग्रेससहित विपना थापा, पल शाह, सिम्रन पन्त, उषा उप्रेती, दक्षिण भारतीय फिल्मका अभिनेता प्रदीप रावत लगायतको अभिनय रहनेछ ।सामाजिक सञ्जालमा आफ्ना भावनात्मक प्रस्तुतिहरूका लागि परिचित साइग्रेसको यो पहिलो फिचर फिल्म हुनेछ।







३ भाद्र २०८२, मंगलवार १५:३५ 








