एलीजा गौतमको राजनीतिक चर्चा

...

काठमाडौँ। अभिनेत्री एलीजा गौतम ले फेसबुकमा एक तस्बिर राखेपछि यति बेला विभिन्न टीकाटिप्पणी भइरहेको छ। एलीजाले हालसालै सामाजिक सञ्जालमा प्रधानमन्त्री केपी ओलीसँगको फोटो शेयर गरिन् । यसपछि उनी एमाले पार्टीमा निकट भएको र ८४ मा चुनाव लड्ने तयारी भन्दै कमेन्टको वर्षा भइरहेको छ ।

अधिकांशले कतै एलिजा २०८४ मा एमालेका बाट चुनाव लड्ने तयारी त गर्दै छैनन् ? भन्ने शङ्का गर्न थालेका छन् । एलीजा यसअघि नागरिक उन्मुक्ति पार्टीमा संलग्न थिइन् । तर उक्त पार्टीबाट उनले बिट मारी सकेकी छन् । अब कुन पार्टीमा जान्छिन् भन्ने कुरा सबैको चासोको विषय छ । पछिल्लो समय उनी तीज गीतका भिडियोहरूमा व्यस्त छिन् ।

एलीजाले सुरुमा फिल्ममा डेब्यु गरिन् फिल्म फ्लप भयो। त्यसपछि राजनीतिमा लागिन् तर अडिग भएर बस्न  सकिनन् । पार्टी छाडिन् । अब पुन: अभिनयमै कमब्याक गरेर ८४ को तयारीमा रहेको बुझिएको छ ।