चलचित्र एन्जिलाका बाल कलाकारको म्युजिक भिडियो “रोधीघर” सार्वजनिक

...

काठमाडौँ।  ब्लक ब्लस्टर चलचित्र “एन्जिला” का यी दुई बालकलाकार ईनोभ गुरुङ र नमिक्षा मगरको भर्खरै मात्र “रोधीघर” म्युजिक भिडियो सार्वजनिक भएको छ। चलचित्र एन्जिलामा यी बालकलाकारहरूको उत्कृष्ट अभिनय देख्न सकिन्छ। चलचित्र क्षेत्रमा निकै नै सम्भावना बोकेको यी दुई बाल कलाकारले आफ्नो गुरुङ र मगर समुदायको भेषभुषामा सजिएर कौडा नृत्य रोधी घरको भाकामा आफ्नो नृत्य प्रस्तुत गरेका छन्।

बाल कलाकार ईनोभ गुरुङले नृत्य प्रशिक्षण कार्टुन क्रुज बाट लिएका हुन् भने एक्टिङमा गिरिराज घिमिरेलाई आफ्नो गुरुको रुपमा लिन्छन् उनी। पढाइमा पनि उनी जेहेनदार विद्यार्थीको रूपमा चिनिन्छ । उनी भन्छन् – पढाइ सँगसँगै नाटक गर्ने, भ्रमण गर्ने, नाटक हेर्न जाने, किताब पढ्ने र नृत्य गर्न मनपर्छ । उनी भन्छन्- मलाई भविष्यमा एउटा कुशल कलाकार बन्न मन छ। ईनोभ गुरुङले हालसम्म थुप्रै टिभिसी, लघु चलचित्र, स्टेज पर्फमेन्स र चलचित्रहरूमा आबद्ध हुँदै आएका छन्। पदम साधना कुलुङ र विजय मगरको शब्द रहेको गीतमा साहिल स्वयंले संगीत दिएका छन् l साहिल लिम्बु र रोजिना बस्नेतको स्वरमा सजिएको गीतलाई भने भिडियो निर्देशन विजय मगरले गरेका छन् ।

म्युजिक भिडियोलाई सनम तामाङ र टिमले खिचेको र सनमले सम्पादन गरेका छन्। सोही म्युजिक भिडियोमा सुमिन गुरुङ, सिबु पाण्डे र चाहना मगरले पनि अभिनय गरेका छन्। म्युजिक भिडियो निर्देशक विजय मगरले बाल्यकालको प्रेम कथालाई कलाकार सुमिन गुरुङ र चाहना मगर लाई प्रेमी र प्रेमिकाको जोडीको रूपमा रोमान्टिक म्युजिक भिडियो तयार गरिएको छ l गीतको कोर्योग्राफी भने सन्जिला सुमित्राले गरेकी छिन्।