काठमाडौँ। पूर्वराजपरिवारको प्रश्नले तर्सिएकी सुरक्षा पन्त भन्छिन्, ‘अब म अन्तर्वार्ता जवाफ दीने शैली नै परिवर्तन गर्छु । सीधा सरल जवाफ दिन्न । अब आफूलाई लागेका कुराहरू म कलामार्फत नै एक्सप्रेस गर्छु ।’
केही समयअघि सुरक्षाले राजतन्त्र फर्किने विषयमा बोलेर निकै विवादित बनेकी थिइन् । यसकारण स्पष्ट वक्ताका रूपमा चिनिने अभिनेत्री सुरक्षा पन्त पछिल्लो समय भने खुलेर बोल्नै डराउन थालेकी छन् । खागसरि राजनीतिक प्रश्नहरूसँग उनी निकै तर्सिन्छिन् ।
पूर्वनवयुवराज हृदयन्द्र शाहको विषयमा गरेको टिका टिप्पणीले उनलाई विवादित बनाएको थियो । राजसंस्था समर्थकहरू उनीमाथि खनिएका थिए । त्यही प्रसङ्ग जोडेर अहिलेसम्म पनि उनलाई गाली आउन छोडेको छैन । त्यही भएर अबदेखि उनले राजनीतिक विषयमा कुनै पनि खालको अभिव्यक्ति नदिने प्रण गरेकी छन् ।







४ भाद्र २०८२, बुधबार १६:५५ 








