राजबल्लभ कोइरालाले खोले युट्युब च्यानल, प्रदीप खड्का पहिलो गेस्ट

...

काठमाडौँ।  अभिनेता राजबल्लभ कोइरालाले युट्युबमा भ्लग शैलीको ‘कुरा र कथा’ कार्यक्रम सुरू गरेका छन्। भ्लगको पहिलो एपिसोडमा उनी  नायक प्रदीपसित गाडीमा गफिएका छन् । उक्त भिडियोमा उनीहरूले पढाइदेखि अभिनयबारे कुरा गरेका छन् । ’ राजबल्लभ र प्रदीपको २३ मिनेट लामो कुराकानीलाई दर्शकहरूले पनि रुचाएका छन् ।

भ्लगमा राजबल्लभले प्रदीपलाई सोधेका छन्, ‘तिमी एक्टर नभएको भए के हुन्थ्यौ ?’ जवाफमा प्रदीप भन्छन्, ‘म कम्प्यूटर हाउसमा काम गरिरहेको हुन्थेँ होला । मेरो पढाइ पनि एमबीए मार्केटिङ हो । सजिलोका लागि मैले प्लस टूमा म्यानेजमेन्ट पढेको थिएँ । साइन्स पढ्दा ९-५ को जागिर खानुपर्छ भनेर त्यो पढिनँ । किनकि, म अल्छी छु । म धेरै मेहनत गर्ने खालको मान्छे होइन ।’