काठमाडौँ। दुई छोरीकी आमा रहेकी विष्णु माझी किन सार्वजनिक रूपमा देखिन चाहन्नन् त ? जब जब विष्णु माझीका गीतहरू बजारमा आउँछन् तब- तब उनको खोजी सुरु हुन्छ । सबैले आ -आफ्नै ढङ्गले अनुमान लगाउन थाल्छन् । कतिले भन्छन् विष्णु माझीलाई बन्धक बनाएर राखिएको छ, कतिले उनी आफ्नै खुसीले सार्वजनिक नभएको भन्छन् यस्तै अनेक टीका -टिप्पणी गरिन्छ ।
यस्तैमा लोकदोहोरी गीत प्रतिष्ठानकी अध्यक्ष रिता थापामगर भन्छिन्, ‘उहालाई बन्धक बनाएको होइन । उहाँको श्रीमान् सुन्दरमणि अधिकारी र म एकदमै मिल्ने साथी हो । विष्णु माझी गीत गाउन स्टुडियो आउँदा पनि सुन्दरमणिले एकदमै राम्रो व्यवहार गरेको देखेका छौ । सुन्दरमणिले शोषण होइन विष्णु जी लाई एकदमै माया गर्नुहुन्छ । विष्णु जी को व्यक्तिगत चाहनाकै कारण उहाँ सार्वजनिक रूपमा नदेखिनु भएको हो। उनी भन्छिन् दर्शक स्रोताहरले उहाँको विषयमा चिन्ता नलिनुस्। उहाँ बन्धनमा हुनुहुन्न ।’







४ भाद्र २०८२, बुधबार १८:१० 








