एउटै फिल्मबाट डेब्यु गरेका यी ४ कलाकार आज के गर्दै छन् ?

...

काठमाडौँ। १० बर्सअघि स्वस्तिमा खड्का, नाजिर हुसेन, सुशील श्रेष्ठ,र सुशील सिटौलाले फिल्म ’होस्टेल रिटन्र्स’ बाट अभिनयमा डेब्यू गरेका थिए । अब कुरा गरौँ यी ४ जनाको एक दशकको करियर ।

यी सबै कलाकार अहिले घरेलु फिल्ममा व्यस्त मध्ये पर्छन् । अभिनय करिअरले १० वर्ष पुरा गर्न लागेको छेकोमा अभिनेत्री खड्काले सामाजिक सञ्जालबाट दर्शकसँग खुसी साटेकी छन् । स्वस्तिमाले अहिलेसम्म १९ फिल्ममा शीर्ष भूमिका निर्वाह गरेकी छन् ।

najir-hussen-

यस्तै नाजिरले पछिल्लो १० वर्षमा १४ फिल्ममा अभिनय गरे । ‘होस्टेल रिटन्र्स’ गरेयता जम्मा ६ फिल्ममा अभिनय गरे पनि सुशील श्रेष्ठ पछिल्लो समयका एक्सन स्टार हुन् । ‘आउट ल : दफा २१९, बादशाह जुट, लभ डायरिज, सायद २, कारखाना उनका हिट फिल्म हुन् ।

sushil shrestha

यस्तै अर्का अभिनेता सुशील सिटौलाले पछिल्लो १० वर्षमा ११ फिल्म खेले । सुन्तलीले भगाई लग्यो झिल्केले, ऐंचो पैंचो, मायावी, लाखे, रणवीर उनका चर्चित फिल्म हुन् ।यी चारै जना कलाकार यति बेला सफल र व्यस्त कलाकार बनिसकेका छन्।

Sushil-Sitaula