काठमाडौं । गायिका इन्दिरा जोशीले जीन्दगीको यात्रामा काम गर्दै जाँदा तनाव हुँदा पशुपति मन्दिर पुग्ने गरेको र तनावमुक्त हुने गरेको बताएकी छिन् । बुधबार पशुपात क्षेत्रमा जारी बिराट ज्ञान महायज्ञमा पुगेर उनले जीन्दगी र तनावको सन्दर्भमा आफ्नो भोगाई र बुझाईबारे कुरा गरिन् ।
‘यदि तपाईमा फ्रस्टेज छ भने पशुपति नाथ आउँनुस्, परेवालाई चारो छर्नुस् । यो काम निरन्तर १५ दिनसम्म गर्नुस्, जस्तोसुकै तनावमुक्त हुनुहुन्छ ।’ गायिका जोशीले भनिन् । ‘यो ठाउँले आनन्दित बनाउँछ । जीन्दगीबारे बुझाउँछ ।’

साथै उनले आफ्नो हरेक दुख र सुखमा भगवानलाई सम्झिने र पशुपति नाथसम्म पुग्ने गरेको बताइन् । उनले भनेकी छिन्, ‘म समय समयमा पशुपतिनाथको मन्दिर आइरहेकी हुन्छु । कहिले काम नबन्दा, कहिले काम बन्दा होस् हरेक समय भगवानलाई सम्झिएकै हुन्छु ।’
उनले धर्तिमा जन्म लिइसकेपछि जति पनि यो धर्तिले हामीलाई दिएको छ त्यो फिर्ता गर्नुपर्छ भन्ने मान्यता राख्छिन् । साथै उनले हरेक ब्यक्तिले आफूले आम्दानी गरेको केहि प्रतिशत गुप्त दान गर्नुपर्ने बताउँछिन् । उनले अघि भन्छिन्, ‘जति कमाउनुहुन्छ, त्यसको केहि प्रतिशत गुप्त दान गर्नुपर्छ । कसैले देख्नुहुन्न फोटो पनि खिच्नुहुन्न । मात्र भगवानले देखोस् । म सँग भएको मेरो होइन् त्यो भगवानको हो भनेर एकदिन त्यो सबै छाडेर जानैपर्छ ।’







५ भाद्र २०८२, बिहीबार १४:३७ 








