अस्ट्रेलियामा ‘कोशेढुङ्गा’को प्रचार गर्दै खेम सेन्चुरी

...

काठमाडौं । लोकप्रिय लोक गायक खेम सेन्चुरीले पहिलोपटक ‘कोशेढुङ्गा’ फिल्मका लागी गीत निर्माण गरे । नत्र भने जीन्दगी ब्यर्थ छ है बाटुली बोलको तीजगीत निकै हिट भयो । चलचित्रको पहिलो पाइलामै सफल मानिएका खेम सेन्चुरी यतिबेला बिदेशका बिभिन्न कार्यक्रममा ब्यस्त छन् ।

उनी जहाँ ठाउँमा पुग्छन् त्यहाँ स्टेजबाटै ‘कोशेढुङ्गा’को प्रचार गरिरहेका छन् । यतिबेला उनी अस्ट्रेलियाको ब्रिजबेनमा छन् । त्यहाँ पनि ‘कोशेढुङ्गा भदौ १२ बाट’ भन्दै उपस्थित दर्शकमाफ प्रचार गरिरहेका छन् । उनले ब्रिजबेनको स्टेजबाट तीज बिशेष कार्यक्रममा उपस्थिती दिदी बहिनीहरुमाझ भनेका छन्, ‘यहि भदौ १२ गते कोशेढुङ्गा फिल्म संसारभर एकसाथ लाग्दैछ । नजिकको हलमा गएर हेर्नुहोला ।’

सरोज पौडेल निर्देशीत ‘कोशेढुङ्गा’मा आर्यन सिग्देल, सुरक्षा पन्त, निती शाह, ऋचा शर्मा, मन्जिल कुमार, दिनेश काफ्ले लगायतको मुख्य भूमिका छ । निर्देशक सरोज तिनै निर्देशक हुन् जसले निर्देशन गरेको पूर्ण बहादुरको सारंगीले नेपाली फिल्मी इतिहासमै धेरै रेकर्ड ब्रेक गरेको थियो । त्यसैले पनि कोशेढुङ्गालाई प्रतिक्षित फिल्म मानिएको छ ।