फागुन, काठमाडौं । बलिउडका प्रसिद्ध निर्देशक तथा टेलिफिजन प्रस्तोता करण जौहर बिभिन्न समय बिभिन्न बिबादमा फस्दै आएका छन् । महिला र पुरुषका बिषयमा उनका बिभिन्न अभिब्यत्तीले पनि उनलाई कहिले बिबादमा तान्छ त हासोको पात्र बनाईदिन्छ । उनले एक भारतिय संचार माध्यमसंग कुराकानी गदै आफ्नो जिबनको केही विवादित प्रसंगमा खुलेर कुरा गरेका छन् ।

क्ुराकानीका क्रममा उनले काजोल र आफ्नो सम्बन्धमा सधैका लागी पुर्णबिराम लागेको बताएका छन् । पहिले आफ्नो जिबनमा बारेमा खासै खुलेर कुरा नगर्ने जौहरले काजोल र दोस्ती ईतिहास बनिसकेको भन्दै सम्बन्ध पुर्नबहालीको कुनै सम्भावना नरहेको खुलाएका छन् । उनले काजोल संग सम्बन्ध बिग्रनुको कारण काजोलका श्रीमान अजय देबगण भएको समेत खुलाएका छन् ।

करण जोहरको सिनेमा ऐ दिल हे मुश्किल र अजय देवगणको शिवाय एकै दिन रिलिज भएका थिए । सोहि सिनेमा रिलिजका क्रममा अजयले करणलाई आफ्नो सिनेमा प्रोमोशनमा सजिलो बनाउनका लागी करणलाई तेश्रोलिंगी भएको आरोप लगाएका थिए । भारतिय संचार माध्यमका अनुसार त्यसै आरोप संगै उनको र काजोल बिचको सम्बन्ध पनि बिग्रिएको थियो । तर जौहरले भने सोही कारण मात्रै नभई हरु पनि थुप्रै कारण भएको बताएका छन् भने अरु कारण चाही खुलाएका छैनन् । ( उनको कुराकानीका क्रममा आफुलाई केही ब्यक्तिहरुले समलिंगिको आरोप लगाएकाले आफु बाहिरी कार्यहरुमा समेत नजाने गरेको खुलाएका छन् । उनले पुरुष साथीहरुले डिनरमा बोलाउदा समेत जान डर लाग्ने बताएका छन् । एजेन्सी