फागुन, काठमाडौं । बलिउडमा एकताका खुबै चर्चामा रहेकि अभिनेत्री श्रीदेवीले आफ्नी छोरीलाई बलिउडमा प्रबेश गराउने कसरत गरिरहेकि छिन् । एक जमानाकि नम्बर वान बलिउड नायिका श्रीदेवीले आफ्नी जेठी छोरी जान्भीलाई एउटा चलचित्रमा काम गराउने लगभग फाईनल जस्तै भईसकेको छ । बलिउड संचार माध्यमका अनुसार श्रीदेवीले आफ्नी छोरीहरुलाई कडा अनुशासनमा राख्न चाहन्छिन् ।

त्यसैले पनि उनले आफ्नी छोरीलाई आफैले चलचित्रमा खेलाउने निर्णय गरेकि हुन् । भारतिय संचार माध्यममा अहिले श्रीदेवी संगै उनको छोरीको पनि चर्चा भईरहेको छ । चर्चा यसबिषयमा भईरहेको छ कि उनले आफ्नी छोरीलाई एक आदेश दिएकि छिन् । जुन् आदेश अनुसार उनकि छोरी जान्भीले कुनै पनि कार्यक्रम अथवा स्थानमा सेल्फि खिच्न पाउने छैनन् । त्यतिमात्र नभई श्रीदेवीले आफ्नी छोरीले सेल्फि खिचिहाले पनि सामाजिक संजालमा भने पोष्ट नगर्न आदेश दिएकि छिन् । (श्रीदेवीले उनकि छोरीहरुलाई सेल्फि खिच्न नदिनु र सामाजिक संजालमा अपलोड गर्न नदिने कुराले अहिले बलिउड बजार नराम्रो संग तातेको छ ।

अझ धेरैले त सामाजिक संजलबाटै सेलिब्रेटि हुने हो भन्दै उनलाई गलत भएको समेत धारणा राखेका थिए । कत्तिलेत उनलाई पुरानो जमानाबाट बाहिर निस्कनै नसक्ने समेत भन्न भ्याएका थिए । अहिले जान्भी र उनकि बहिनीको कुनै फोटो सामाजिक संजालमा पोष्ट भएका छैनन् । बरु उनीहरुको नाममा खोलीएका नक्कली फेसबुक पेज र ईन्ष्ट्राग्राममा भने भेटिन थालेको छ । जान्भी र उनकी बहिनी खुशीले नियमित रुपमा आफ्ना तस्बिर सामाजिक संजालमा पोष्ट गदै आएका थिए । त्यसैको कारण पनि उनिहरुले धेरैको ध्यान आफुतिर आन्न सफल भएका थिए । सायद यसै कारण पनि उनिहरुलाई श्रीदेवीले सामाजिक संजालमा तस्विर पोष्ट गर्न अनुमति नदिएको हुनसक्ने भारतिय संचार माध्यमले जनाएका छन् । ( भारतिय संचार माध्यमका अनुसार करण जौहरले आफ्नो आगामी सिनेमा स्टुडेन्ट अफ दि ईयरको सिक्वेलका लागी श्रीदेवीकि जेठि छोरी जान्भीलाई डेब्यु गराउदै छन् ।

यसअघि यस सिनेमाका लागी सैफ हली खान र अमृता सिंहकी छोरी अली खान हुने पनि चर्चा चलेको थियो । तर करणले यस बिषयमा केही बोलेका छैनन् । उनले नया अनुहार र अभिनयलाई हेदै जान्भीलाई फाईनलग रिएको करणले बताएक छन् । एजेन्सी ।