काठमाडौँ। ८ वर्षपछि ‘मेरी बास्सै’मा फर्किएका राजु मास्टर भन्छन् ,‘अब म पनि फिल्म बनाउँछु । अबको मेरो अन्तिम सिरियल नै ‘मेरी बास्सै’ हुन्छ होला । यसपछिको मेरो लक्ष्य पनि चलचित्र निर्माण हुनेछ ।’
राजु मास्टर र बल्छी धुर्वे भएर विगत केही वर्ष देखी सिरियल निर्माण गरी रहेका थिए तर बल्छी धुर्वे यती बेला फिल्म ‘गोबर गणेश’ निर्माणमा लागिपरेका छन् । यही क्रममा अब बल्छीले फिल्म निर्माण गरेपछि आफू पनि फिल्ममा लाग्ने राजु बताउँछन् ।
‘सकस’ सिरियलमा काम गरीरहेका राजु भन्छन्, ‘मलाई जुन घरले चिनायो नाम दियो दाम दियो त्यही घरमा फर्किए । अहिले खुसी छु अब ‘मेरी बास्सै’का सबै पुराना कलकारहरूलाई पुन फर्काउने प्रयास गर्छु । सम्भवतः धुर्मुस दाइ र सुन्तली भाउजुलाई पनि टिममा फर्काउन धेरै प्रयास गरिरहेको छु ।’







६ भाद्र २०८२, शुक्रबार १६:३५ 








