काठमाडौं । यतिबेला सौन्दर्य प्रतियोगिता ‘मिस नेपाल’ विवादित बनिरहेको छ। अहिले २०२५ मिस नेपालको अडिसन चलीरहेको छ । यहीक्रममा एक प्रतियोगीसंग जर्ज रचना गुरुङले गरेको प्रश्नको आलोचना भइरहेको छ। शारीरिक अपांगता भएकी एक प्रतियोगीलाई प्रतियोगिताकी जज रचना गुरुङले असंवेदनशील व्यवहार गरेको भन्दै दर्शकहरु उनीमाथि खनिएका छन् । रचनाले निकै गालीगलौजको सामना गर्नु परिरहेको छ ।
जर्ज रचनाले अंग्रेजीमा भनेकी थिईन् , ‘हामीले पहिलो प्रश्न के सोध्छौं भन्ने तिमीलाई पक्कै थाहा छ ।’ त्यसपछि उनले रोशनीले पछाडि राखेको हाततर्फ ईशारा गर्दै भनिन्, ‘एक्सप्लेन….’ । हातको एकचोटि एक्स्प्लेन गरन ।’
रोशनीले आफ्नो जन्मजातकै समस्या रहेको अवगत गराइन् । उनले हल्का काँपेको आवाजमा भनिन्, ‘मेरो शारीरिक अशक्तता जन्मजात नै हो । कुनै एक्सिडेन्ट भएको होइन । आमालाई मेरो जन्म भएपछि मात्रै थाहा भयो ।
रचना गुरुङ अहिलेकी चर्चित नायिका आना शर्माकी आमा हुन् ।








६ भाद्र २०८२, शुक्रबार १८:१२ 








