काठमाडौँ। करिस्मा शाही र तिल कुमारी थापा ‘मिस एण्ड मिसेस तीज–२०२५’ घोषित भएका छन् । स्नो सञ्चार प्रोडक्सनको आयोजनामा शनिवार काठमाडौँमा आयोजित फिनालेमा शाहीले मिस तीज र थापाले मिसेस तीजको ताज हात पारेका हुन् ।
शनिवारनै ‘मिस्टर तथा मिस लिटिल स्नोज नेपाल–२०२५’ को विजेता समेत घोषणा गरिएको छ । सोहित महर्जन (ग्रुप बि) र कौशल चौधरी (ग्रुप ए) मिस्टर लिटिल स्नोज नेपाल घोषित भए भने सुयना खड्का (ग्रुप बि) र अनिवा जिमी(ग्रुप ए)ले मिस लिटिल स्नोज नेपालको उपाधि जिते । विजेताहरुलाई नगद सहित पुरस्कृत गरिएको छ ।
विजेताले आगामी अक्टोवरमा फिलिपिन्समा हुने कार्यक्रममा नेपालको तर्फबाट प्रतिनिधित्व गर्ने योङगेष्ट इभेन्ट अर्गनाइजर एवम् स्नो सञ्चार प्रोडक्सनका सिइओ सम्भव क्षेत्री राउतले जानकारी दिए ।








८ भाद्र २०८२, आईतवार १०:०० 








