कमेडी, हरर र सस्पेन्सको मिश्रण रहेको ‘चिठ्ठी’को ट्रेलर सार्वजनिक

...

काठमाडौँ । कमेडी, हरर र सस्पेन्सको मिश्रण रहेको फिल्म ‘चिठ्ठी’को ट्रेलर सार्वजनिक गरिएको छ । ट्रेलरमा फिल्मका कलाकार खड्ग बहादुर पुन ‘खबपु’, संजीत भण्डारी, गोपाल ढकाल ‘छन्दे’, नवराज थापा, प्रबण भुसाल लगायत देखिएका छन् ।

माधव राज खरेलको निर्देशन रहेको फिल्म आगामी भाद्र २० गतेदेखि देशव्यापी प्रदर्शनमा आउनेछ। फिल्मले चिठ्ठीको कथालाई मार्मिक रूपमा उठाएको निर्देशक खरेलले बताए ।