काठमाडौँ। लगभग एक वर्ष जस्तै सुनसान बसेकी अभिनेत्री पूजा शर्मा पछिल्लो समय सक्रिय भईरहेकी छन्। यतिबेला नायिका पूजा भन्छिन्, ‘म एक्लो योद्धा हु सधैँ अरूको लागी बोल्दा नै म कन्ट्रोभर्सिमा परी रहेको हुन्छु । तर मलाई पर्दा एक जनाको पनि साथ पाइन । पूजा थप सुनाउँछिन्, म यो एक वर्ष अरूलाई बुझ्न, अरूले मलाई के भन्छन्, मलाई खोज्छन् या खोज्दैनन् भनेर पनि ग्याप बसे तर मलाई खोज्ने भन्दा पनि बल्ल गई भनेर खुच्चिङ बजाउनेहरू मात्रै पाए ।’
पूजा थप सुनाउँछिन्, ‘मैले मेरो त एउटा टिम छ भन्ने सोचेको थिए। ‘रावायण’ चलचित्रमा मेरो करोडौ लगानी डुब्दा कसैले एकजनाले सहानुभूति दर्साएर फोन म्यासेज गर्नुभएन । मेरो साथमा कोही हुनुहुन्न । मात्रै यसलाई कसरी डाउन गर्ने, कसरी आउट गर्ने भन्ने मात्रै सोच्दो रहेछन्। जति सफल हुँदै गए त्यति नै मेरा शत्रुहरू बढे यसकारण अब म एक्लै लड्छु ।’







८ भाद्र २०८२, आईतवार १५:२३ 








