ईष्टुको हिरोइन बन्ने सपना 

...

काठमाडौँ। पछिल्लो समयकी चर्चित ‘कन्टेन्ट क्रियटर’ ईष्टु कार्कीको सपना हिरोइन बन्ने थियो । यही सपना पुरा गर्न उनी रङ्गमञ्च प्रवेश गरिन् ।कलकारिता सिकिन् केही समय थिएटर मै काम पनि गरिन् तर नयाँ कामहरूको अवसर नपाएपछि उनलाई आर्थिक  अभाव हुँदै गयो । यसकारण उनले पैसा कमाउने विकल्पहरू खोज्न थालिन् र ‘कन्टेन्ट क्रियटर’को बाटोमा लागिन् । अहिले उनलाई ठुला -ठुला प्रतिष्ठित ब्रान्डहरूले अफर गर्छन् । कन्टेन्ट बनाएरै देह विदेश घुमी रहेकी छन् । उनी महिनामा ८० ९० वटासम्म कन्टेन्ट बनाउने गर्छिन् ।

थिएटरबाट ‘कन्टेन्ट क्रियटर’ बनेकी ईष्टु भन्छिन्, ‘मेरो सपना त हिरोइन बन्ने थियो । तर यस क्षेत्रमा आफूले केही गरेर नदेखाएसम्म आफै सक्रिय नभएसम्म अवसर नमिल्दो रहेछ भन्ने लाग्यो । थिएटर मात्रै गरेर आफू सर्भाईभ गर्न पनि निकै गाह्रो छ । यसैकारण पैसा कमाउने माध्यम खोज्दै म ‘कन्टेन्ट क्रियटर’ बने ।  ईष्टु थप भन्छिन् एक टाइम पछि म फेरी थिएटर मै फर्किन्छु  ।’