पासाङको ‘तिम्रो यादमा’ सार्वजनिक

फागुन, काठमाडौं । गीतकार पासाङ तामाङको गीतिसंग्रह ‘तिम्रो यादमा’ सार्वजनिक गरीएको छ । पासाङको एकल शब्द तथा मनीपाल राईको एकल संगीत रहेको यस गीतिसंग्रह सोमबार केहि संगीतकर्मिहरुको बिचमा सामुहिक बिमोचन गरीएको हो । सोमबार अनामनगरस्थित विनायो क्याफेमा आयोजित बिमोचन कार्यक्रममा चलचित्र पत्रकार संघका अध्यक्ष शान्तिप्रिय, नेपाल सांगीतिक संघका महासचिव सन्तोष श्रेष्ठ, ललितकला प्रज्ञा प्रतिष्ठानका प्राज्ञ ज्योतिप्रकाश विश्वकर्मा, पत्रकार तथा निर्देशक डब्बु क्षेत्रीलगायतको उपस्थिती थियो ।

सार्वजनिक एल्बममा रहेका गीतहरु मध्ये चारवटा गीतको म्यूजिक भिडियो समेत देखाइयो । एल्बममा अन्जु पन्त, प्रमोद खरेल, अमर राई र सुनिता पन्तको आवाज रहेको छ । ‘मैले हार्दा’, ‘बाँचुन्जेल सँगै’, बोलको गीतको म्यूजिक भिडियो मलेसियामा नै छायाँकन गरिएको हो भने ‘कहिले तिमीलाई’ बोलको गीतको म्यूजिक भिडियो भने कोरियामा छायाँकन गरिएको छ । एल्बमलाई शुभकामना मिडिया सोलुसनले बजार व्यवस्थापन गरेको छ ।