काठमाडौँ। एक समय केदार घिमिरे ‘माग्ने बुढा’लाई कलकार नै मान्दिन भन्ने मोडल सञ्चिता शाही अहिले भन्छिन्, ‘हरेक मान्छेबाट गल्ती हुन्छ केदार घिमिरे दाइले पनि आफ्नो गल्ती महसुस गर्नुभयो होला यसकारण मसँग बोल्नुभयो । त्यति बेला उहाँले मेरो परिचय नै मेटिने गरी स्ट्याटस लेख्नुभएको थियो । यसकारण मलाई पनि रिस उठ्यो आवेगमा आए । हरेक मान्छेबाट गल्ती हुन्छ उहाँले मेरो लागी यती गर्नु नै ठुलो हो, उहाँको कलालाई सम्मान गर्थे र सधै गर्छु ।’
बिर्ख विश्वकर्माको ठगी धन्दाको विवाद चलिरहँदा माग्ने बुढाले सञ्चितालाई बीर्खेनी भन्दै स्ट्याटस लेखेका थिए र उक्त स्ट्याटसपछि सञ्चिताले आफूले केदार घिमिरेलाई कलकार नै नमान्ने अभिव्यक्ति दिएकी थिइन् । तर एक कार्यक्रम आमनेसामने भएका यी दुईको सम्बन्ध अहिले राम्रो छ । केही दीनअघि केदार घिमिरेले सञ्चितासँगको भिडियो फेसबुकमा पोस्ट गरेका थिए ।







८ भाद्र २०८२, आईतवार १७:४८ 








