असार, काठमाडौं । राजधानीको जोरपाटी स्थित नर्लिङ रिसोर्ट पुग्दा एक सुटिङ टोली निकै मस्त तरिकाले म्युजीक भिडियो छायांकन गरीरहेको थियो । कोहि क्यामेरा तिर आँखा लगाउँदै थिए, कोहि लाईट तिर त कोहि मौसन तिर पनि । जसमा म्यामेराले कैद गरीरहेको थियो मोडल तथा नायिका केकी अधिकारी र मोडल दिपर्शन जंग राणालाई ।
प्रसंग हो आधुनिक म्युजीक भिडियोको । चर्चित गायिका मिलन अमात्यको एकल आवाजमा सजिएको अटल एल्बममा रहेको हजार सपना बोलको गितको छायांकन भईरहेको स्थलमा आर्टिस्ट खबरको टिम पुग्दा त्यस्ता दृश्यहरु देखिएका हुन् । यसै हप्ता राजधानीको नर्लिङ रिसोर्ट र भद्रवासमा भएको छायांकन करिब बिहान ६ बजे देखि रातको १० बजेसम्म भएको थियो ।
गितको हाँस्य टेलिश्रंखला मेरी बास्सैका चर्चित कलाकार दर्शने नामले चिनिएका सुरेश थापाले निर्देशन गर्दै थिए । टेलिभिजनको पर्दामा हो.. अब.. दर्शने हो दर्शनेले गर्छ.. भनेरै चर्चित बनेका सुरेश म्युजीक भिडियोको निर्देशनमा भने एक्सन कट भन्दै गरेको अवस्थामा हामीले भेटेउँ । सधैं पर्दामा रमाईलो पाराले दर्शकलाई मनोरञ्जन दिने सुरेश त्यो दिन भने व्यावहारिक पाराले नै भिडियो निर्देशन गरेका थिए । त्यसैबिच हामीले एकछिन मेरी बास्सैका दर्शने सँग गफ गर्न चायौं र सोध्यै , मेरी बास्सैमा दर्शने बनेर दर्शकलाई हसाउन सजिलो कि म्युजीक भिडियो निर्देशन गर्न सजिलो ? उनको उत्तर यस्तो आयो , “अब दर्शने भुमिकामा रहँदा कसरी दर्शकलाई मनोरञ्जन दिन सकिन्छ भन्ने सोचिन्छ र त्यहि तरिकाले अभिनय गर्नु पर्छ, तर म्युजीक भिडियोमा निर्देशन गर्दा सकेसम्म उत्कृष्ट बनाउन तिर लाग्नु पर्छ । यि दुबै कार्य उत्तिकै जटिल छन् । दुबै काममा लगनशिलता छ । दुबै कुरा दर्शककै लागि हो त्यसैले भरपुर मेहनत गर्छु ।” निर्देशक सुरेशले अहिले सम्म दर्जनौं भिडियो निर्देशन गरीसकेका छन् । मेरी बास्सैमा दर्शने हुनुभन्दा अगावै पनी उनी म्युजीक भिडियो निर्देशक थिए ।
गितमा समावेश शब्द भने अर्जुन थापाले लेखेका हुन् जसमा संगित राजेश थापाले भरेका छन् । मिलन अमात्यको एकल आवाजमा रहेको गितमा संगित भर्न पाउँदा आफुले सक्दो राम्रो बनाएको राजेशको भनाई छ । थुप्रै गितहरुमा संगित भरेका उनले यो गितलाई पनि अरु जत्तिकै मेहनतका साथ संगित भरेको बताउँछन् । गितलाई शिवराम श्रेष्ठले खिचेका हुन् ।
चर्चित मोडल तथा नायिका केकी अधिकारी र मोडल दिपर्शन जंगराणाको उत्कृष्ट अभिनय रहेको यस गितमा सुनिता ठाकुर र दिपक आचार्यले पनि अभिनयमा साथ दिएका छन् । यसैक्रममा थुप्रै म्युजीक भिडियोहरुमा मोडलिङ गरेकी मोडल तथा नायिका केकी अधिकारीलाई हामी सोध्यौं, पहिला अभिनय गर्नुभएका म्युजीक भिडियो र आजको यस म्युजीक भिडियोमा के फरक पाउनु भो ? केकीले अन्य भन्दा आकाश पातलको फरक छ भन्ने त मिल्दैन तर उत्कृष्ट गित भएको हामीलाई भिडियोमा बताएकी छिन् ।
त्यस्तै मोडल दिपर्शन जंग राणाले पनि गितको बारेमा निकै बयान गरे । म्युजीक भिडियो मोडलिङमा निकै जमेका दिपर्शन बिचमा करिब ३ बर्षको अन्तरालमा म्युजीक भिडियोमा मोडलिङ गरेको बताउँछन् । उनले यस गितमा समावेश शब्द, लय उत्कष्ट भएको त्यसमाथि सुरेश थापाको निर्देशनले अझ राम्रो बताएको कुरा हामीलाई भिडियोमा बताएका छन् ।
म्युजीक भिडियोमा केकी अधिकारीको बाबुको भुमिकामा रहेका दिपक आचार्यले पनि म्युजीक भिडियोले साच्चिकै यथार्थ घटनालाई चित्रण गरेको बताए । “गाउँघर तिर शहर बाट गएको केटा मान्छेले गाउँघर कि केटीलाई जिस्काउने र जिस्कँदा जिस्कँदै माया प्रेम बस्ने गरेको पाइन्छ र पछि केटाको शहरमा रहेको परिवारले केटीलाई स्विकार नगर्ने गरेको पाईन्छ , यहि कुरालाई हामी भ्युजीक भिडियोमा देखाएका छौं”, आचार्यले भने । गितमा सुनिता ठाकुरले दिपर्शनको आमाको भुमिका निभाएकी छिन् ।
हेरौं सुटिङ रिपोर्ट भिडियोमा