नबिन पौडेलले गरे बालापनको झल्को दिने उबेलाको तीज कार्यक्रम

...

काठमाडौँ । गायक नविन पौडेलको संयोजनमा तीज बिशेष कार्यक्रम सम्पन्न भएको छ । काठमाडौँको टोखा नगरपालिकामा बालापनको झल्को दिने उबेलाको तीज बिशेष साँस्कृतिक कार्यक्रम २०८२ नाम दिएर कार्यक्रम भब्यताका साथ सम्पन्न गरिएको हो । कार्यक्रम गएको शनिबार टोखा नगरपालिकाको आयोजना तथा स्वीकृति इभेन्ट म्यानेजमेन्ट काठमाडौँको संयोजनमा तिलिंगाटार माविमा गरिएको थियो ।

कार्यक्रममा वरिष्ठ देखी नवगायक तथा गायिकाहरुले तीज बिशेष प्रस्तुती दिएका थिए । वरिष्ठ लोक गायक प्रेमराजा महतको प्रस्तुतीले कार्यक्रममा रौनक थपिएको थियो । कार्यक्रममा शिवनारायण जोशी, चन्द्रकला शाह, अमर बिरही गुरुङ, इन्द्र जिसी, खड्क बुढा, लिलावती बुढा, शिवु गिरि लगायतका कलाकारले प्रस्तुती दिएका थिए । कार्यक्रममा तिलिंगाटार माविका बालबालिकाले पनि आफ्नो प्रस्तुति दिएका थिए ।

कार्यक्रममा सन्चारकर्मी र केहि स्रष्टालाई पनि सम्मान गरिएको थियो । आर्टिष्ट खबर डटकमका सम्पादक गोपिकृष्ण चापागाईं, सौर्य दैनिकका बाबुराम सिग्देल, रातोपाटीका कुवेर गिरी, न्युजपोलार डटकमका सुशील अर्याल, सेतोपाटीका सुशील नेपाल, मिलापकी गीता अधिकारी, म्युजिक खबर डटकमकी सविता पोखरेल, सानदार मिडियाका शिखरजंग श्रेष्ठ, मध्यान्ह दैनिककी प्रकाशक सीतादेवी श्रेष्ठलाई सम्मान गरिएको थियो ।

त्यस्तै विजयकान्त घिमिरे, धनबहादुर बस्नेत, शेषनारायण पोखरेल, कमल पोखरेल ढुन्ढी, हरिकृष्ण धिताल (एचके), कल्पना थापा (जेभियर इन्टरनेसनल कन्सल्टेन्सी), डिल्लीप्रसाद गौतम, सीताकुमारी पाण्डे, कमला घिमिरे, खड्क सिंह आले, ध्रुव पोखरेल, टोखा नगर गानकी रचयिता रेणु अधिकारी मौनता, दीपक न्यौपाने, अर्जुनकुमार कार्की, चन्द्रकला शाह, प्रेमराजा महत, पवित्रा रसाइली, रेशम सापकोटा, शान्ति गुरुङ, जीवन शर्मा, शिवु गिरी, शिवनारायण जोशी, बालुमाया पुन, दुर्गा रायमाझी, इन्द्र जिसी, बलराम खतिवडा, पवित्रा घर्ती, देवी हमाल, अमरविरही गुरुङ र भीमा सुवेदीलाई पनि सम्मान गरिएको थियो ।

टोखा नगरपालिका–७ का अध्यक्ष नरोत्तम रानाको सभापतित्वमा भएको कार्यक्रममा टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले सम्मान गरेका थिए । गायक नविन पौडेलले बर्षेनी यसरी नै मौलिक तीजगीतहरुलाई ध्यानमा राख्दै कार्यक्रम गर्दै आएका छन् ।