भ्यालेन्टाईनमा ल्याए रामकृष्णले ‘श्रृङ्गारलाई पनि लाज लाग्ने’

फागुन, काठमाडौं । गायक रामकृष्ण ढकालले प्रेमदिवशको अवसर पारेर नयाँ गति सार्वजनिक गरेका छन् । मंगलबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा ढकालले गीतको भिडियो सार्वजनिक गरेका हुन् । ‘श्रृङ्गारलाई पनि लाज लाग्ने’ बोलको गीतमा गायक रामकृष्ण ढकालको आवाज छ । गीतमा दावा गुरुङको संगीत, मनिष बशिष्टको शब्द र सुमित बिश्वकर्माको एरेन्ज रहेको छ ।

सार्वजनिक गीतको भिडियोमा रामकृष्णकी धर्मपत्नी निलम ढकाल र मोडल मन्चिन शाक्यको मोडलिङ रहेको छ । निकेश खड्काले निर्देशन गरेको यो भिडियोमा अर्जुन तिवारीको छायांकन रहेको छ । भिडियोलाई निशान घिमिरेले सम्पादन गरेका हुन् ।

गीतको भिडियो कालिञ्चोकको हिउँमा खिचिएको हो । गीत प्रेमदिवसलाई लक्षित गरी बनाइएको गायक ढकालले बताएका छन् । भिडियो हेरेपछि उपस्थित पत्रकार तथा संगीतकर्मीहरुले यसको हरेक पाटो उत्कृष्ट रहेको बताए । कार्यक्रममा प्रमुख अतिथीको रुपमा उपस्थित भएका संगीतकार शम्भुजित बास्कोटाले रामकृष्णलाई ‘स्वर रत्न’को उपाधी दिएका थिए ।

भ्यालेन्टाइन डे को दिन भएकोले पनि कार्यक्रममा गायक रामकृष्ण ढकालले पत्नी निलम ढकाललाई फूल दिदै ‘आई लभ यू’ भनेका थिए ।