सुरु भयो ‘आचार्य’को छायांकन

...

काठमाडौं । अभिनेता तथा निर्देशक निखिल उप्रेतीले आफ्नो फिल्म ‘आचार्य’को छायांकन भारतको पश्चिम बंगलास्थित डुअर्सबाट सुरु गरेका छन्।छायांकन ७ दिन भारतमा हुनेछ र त्यसपछि विहारको बागडुगरा र ठाकुरगञ्जमा हुनेछ, २५ दिनपछि यो टोली नेपाल आउने बुझिएको छ ।

निखिलसहित डेब्यू अभिनेत्री पूर्णिका सिजापति र केही भारतीय कलाकारले अहिले त्यहाँ आफ्नो भागका दृश्य छायांकन गरिरहेका छन् । निर्देशक समेत रहेका निखिल स्वयम यसमा शीर्ष भूमिकामा छन् । पूर्णिकासहित प्रमोद अग्रहरि, कामेश्वर चौरासिया, विशाल पहारी लगायतका सहायक कलाकार पनि छन् ।

फिल्मलाई विश्वब्यापी रिलिज गर्ने योजना छ ।  फिल्मको पटकथा निखिल आफैले लेखेका हुन् ।