बलिउड अभिनेता प्रदीप रावत नेपालमा

...

काठमाडौँ। बलिउड अभिनेता प्रदीप रावत नेपाल आएका छन्। उनी चन्द्र पन्तको निर्देशनमा बन्ने फिल्म ‘आ बाट आमा’ मा अभिनय गर्न आएका हुन्।निर्माण टिमका अनुसार फिल्मको छायांकन बिहीबारबाट सुरु हुँदैछ ।

प्रदीप रावत ले यसअघि पनि अन्य नेपाली चलचित्रहरूमा काम गरिसकेका छन्। उनले  पहिलो पटक निता ढुङ्गानाको चलचित्र ‘ह्रस्व दीर्घ’ मार्फत नेपाली   सिने नगरिमा डेब्यु गरेका थिए।  त्यसयता नेपालमा उनको क्रेज  बढेको देखिन्छ ।