काठमाडौँ। फिल्म ‘हरिबहादुरको जुत्ता’ को टिजर सार्वजनिक भएको छ। टिजर हरिवंश आचार्य वरिपरि घुमेको छ। सार्वजनिक टिजरले फिल्मको कथावस्तुबारे संकेत गर्छ। टिजरले नेपाली दर्शकलाई टेलिभिजन सिरियलमा चर्चित बनेको हरिबहादुर पात्र सम्झाउँछ।
यो फिल्ममा हरिवंशसहित थुप्रै चर्चित कलाकारहरूको अभिनय छ। प्रकाश सपुत, स्वस्तिमा खड्का, प्रियंका कार्की, दिव्य देव, हरिहर शर्मा, राजाराम पौडेल, दिनेश काफ्ले, कमलमणी नेपाललगायत कलाकारहरूले यसमा अभिनय गरेका छन्।
‘हरिबहादुरको जुत्ता’ असोज १३ गते दसैंको फूलपातीदेखि प्रदर्शनमा आउनेछ।







११ भाद्र २०८२, बुधबार १८:२२ 








