काठमाडौं । अमेरिकी फिल्मको सबैभन्दा प्रतिष्ठित ‘द अस्कर अवार्ड’ अर्थात् एकेडेमी अवार्ड्समा नेपालको तर्फबाट पठाउनु पर्ने फिल्म छनोटका लागि आवेदन खुला गरिएको छ । एकेडेमीले घोषणा गरेअनुसार, सन् २०२६ मार्च १५ मा आयोजना हुने ९८औं एकेडेमी अवार्ड्समा सहभागी हुन अक्टोबर १, २०२४ (२०८१ असोज १५) देखि सेप्टेम्बर ३०, २०२५ (२०८२ असोज १४) सम्म सार्वजनिक प्रदर्शनमा आएका अथवा आउने नेपाली फिल्महरू योग्य हुनेछन् ।
‘विदेशी भाषी चलचित्र’ विधामा प्रतिस्पर्धा गर्न नेपालमा गठित ‘विदेशी भाषी चलचित्र छनोट समिति (नेपाल)’ले एकेडेमी अफ मोशन पिक्चर आर्ट्स एन्ड साइन्सेसले तोकेका सबै मापदण्ड पूरा गर्ने उत्कृष्ट चलचित्र छनोट गरी सिफारिस गर्ने जनाएको छ।
विस्तृत जानकारीका लागि समितिको सचिवालयसँग [email protected] मा सम्पर्क गर्न वा समितिका अध्यक्ष बिमल पौडेललाई ९७६८८८५११९ मा फोन, एसएमएस वा ह्वाट्सएपमार्फत सम्पर्क गर्न सकिने बताइएको छ।







१२ भाद्र २०८२, बिहीबार १०:१२ 








