काठमाडौँ। अन्ततः ‘सक्कीगोनी’ अब नआउने भएको छ अर्थात् सधैँको लागि बन्द भएको छ। ‘सक्कीगोनी’ का धेरै कलकारहरू मिलेर ‘लाज शरणम्’ चलचित्र निर्माण गरे । राम्रै व्यापार पनि गर्यो, दर्शक श्रोताले कलकारहरूको प्रशंसा पनि गरे । फिल्म निर्माण पछि केही समय बन्द भएको ‘सक्कीगोनी’ पुन सुरु हुने छ भनेर सिरियलकै मुख्य कलकारहरूले भनिरहेका थिए ।
‘लाज शरणम्’ चलचित्र पश्चात् जिग्री अर्को चलचित्र निर्माणको तयारीमा छन् यता अर्जुन घिमिरे ‘पाँडे’ले त ‘झरीपछिको इन्द्रेणी’ चलचित्रको शुभमुर्हतनै गरी सकेका छन् । यता दर्शक श्रोता भने ‘सक्कीगोनी’ कहिले बाट सुरु होला भनेर प्रतीक्षा मै थिए । तर अब भने दर्शकको उक्त आशा निराशामा बद्लिने भएको छ ।
‘सक्कीगोनी’ सिरियलकै कलकार ‘खुपीका बाबु’ अर्थात् कमलमणि नेपाल भन्छन्, अब ‘सक्कीगोनी’ आउँदैन सधैँको लागि बन्द नै भएको हो ।







१२ भाद्र २०८२, बिहीबार ११:५८ 








