काठमाडौँ ।भोलिबाट प्रदर्शनमा आउने फिल्म ‘गुन्यु चोलो : द ड्रेस’को अग्रिम टिकट बुकिङ खुल्ला गरिएको छ। फिल्मले काठमाडौंमा १४ शो पाएको छ, तर अन्य फिल्मको कारण शो संख्या केही कम भएको छ।
समुन्द्र भट्टको निर्देशन रहेको ‘गुन्यु चोलो : द ड्रेस’ लैंगिक अल्पसंख्यक पारालैंगिक पात्रको कथामा बनेको छ । अभिनेता नाजिर हुसेनको मुख्य भूमिका रहेको फिल्ममा नाजिरले पारालैंगिक महिला (ट्रान्सवुमन)को भूमिका निर्वाह गरेका छन् ।
फिल्ममा नाजिरसँगै सञ्चिता लुइँटेल, सुशील सिटौला, राजकुमार घोष, शिशिर राणा, अनुपम श्रेष्ठ र विशाल पहारी लगायतको अभिनय छ ।







१२ भाद्र २०८२, बिहीबार १३:०८ 








