प्रेम चर्चामा नम्रताको स्पष्टीकरण- हामी फेरी पनि सँगै देखिन सक्छौ

...

काठमाडौँ।सलिनमान बनियासँगको प्रेम चर्चा को विषयमा नम्रता श्रेष्ठले स्पष्टीकरण दिएकी छन्। केही दीन अघि पूर्व मिस नेपाल नम्रता श्रेष्ठ तथा अभिनेता सलिनमान बनिया  एयरपोर्टमा एकसाथ देखिए । अर्की अभिनेत्री निरुता सिंहलाई स्वागत गर्न राती १० बजे एयरपोर्ट पुगेका पत्रकारहरूले नम्रता र सलिनमान  लाई एकसाथ देखेपछि हतार हतार भिडियो  खिचे । उक्त भिडियो सामाजिक सञ्जालमा आएपछि ठुलै गसिप  पनि भयो । सलिनमान  र नम्रता प्रेममा रहेका हेडलाइनहरू बने ।

केही समयअघिको अन्तर्वार्ता नम्रताले आफू प्रेम सम्बन्धमा रहेको खुलाएकी थिइन् । यस कारण पनि कतै सलिनमान   र नम्रता प्रेम सम्बन्धमा त छैनन् भन्ने गसिप चल्यो । यता सलिनमान  यस विषयमा मौन छिन् । अन्तत: नम्रताले भने मुख खोलेकी छन् । उनी भन्छिन्, ‘हामी मिल्ने साथी हौ, त्यो दीन हाम्रो अर्को एक साथीको बर्थडे थियो । मेरो फ्लाइट लेट हुने भएका कारण सलिनमानजीलाई अन्य साथीहरूले एयरपोर्टमै पीक अप गर्न पठाउनुभएछ । भएको यती नै हो । हामी साथी भएका कारण यसपछि पनि पुन एकसाथ देख्न सक्नुहुनेछ ।  प्रेम सम्बन्धको असत्य चर्चा बन्द गर्नुहोस्।’