कहाँ छन् काँठ क्षेत्रका चर्चित गायक घमेश दुलाल ? (भिडियो सहित)

माघ, काठमाडौं । एकसमयका काँठ क्षेत्रका निकै चर्चित गायक घमेश दुलालको पछिल्लो समय खासै गीत सुनिदैनन् । उनका नयाँ गीत बजारमा नआएता पनि पुरानै गीत अझै पनि ठाउँ ठाउँमा घन्किने गर्दछन् । ‘नारायणथानमा गेट’, ‘झम्की फुली नाकैमा बुलाकी’, ‘कोठी गालैमा’, ‘फुल्यो भमरा फुल्को डालीमा’ लगायतका चर्चित गीत गाएका घमेश दुलालले नयाँ गीत बजारमा दिन नसकेता पनि बिभिन्न स्टेज कार्यक्रमहरुमा भने ब्यस्त नै छन् ।

बिभिन्न कार्यक्रम गर्ने आयोजकहरुको रोजाईमा घमेश दुलाल पनि पर्ने गर्दछन् । लोकक्षेत्रलाई माया गर्ने दर्शक तथा स्रोतालाई मध्यनजर गर्दै स्टेजहरुमा अहिलेका चर्चित लोकगायकहरुसँगै घमेश पनि पुगेकै हुन्छन् ।

यसैबिच केहि दिन अघि नुवाकोटको एक कार्यक्रममा पुगेका गायक घमेश दुलालको प्रत्यक्ष दोहोरी तलको भिडियोमा पनि हेर्न सक्नुहुनेछ ।