काठमाडौँ। ‘मिस भिवा-२०२५’ को उपाधि जेशिका सिंह ठकुरीले जितेकी छन्। फिनालेमा १५ जना प्रतिस्पर्धीहरूमध्ये जेशिकाले उपाधि जितेकी हुन्। उपाधि जितेसँगै उनलाई करिब २५ लाख रूपैयाँ मूल्य बराबरको आकर्षक क्राउन प्रदान गरिएको छ।
‘मिस भिवा-२०२५’ मा निसिता जोशी फस्र्ट रनर-अप, निशा श्रेष्ठ सेकेन्ड रनर-अप, आस्मा रिजाल थर्ड रनर-अप र टिना परियार फोर्थ रनर-अप बने। आयोजक उमंग क्रिएसनका संस्थापक उद्धव अधिकारीका अनुसार यो प्रतियोगिता छैटौँ संस्करण हो। सन् २०२३ सम्म विजेतालाई ‘मिस युनिभर्स’ मा पठाइए पनि त्यसपछि देखि ‘मिस ग्रान्ड इन्टरनेशनल’ मा सहभागी गराउने व्यवस्था गरिएको छ।
कार्यक्रममा ‘मिस ग्रान्ड इन्डिया-२०२५’ की विजेता विशाखा कंवरको पनि विशेष सहभागिता रहेको थियो।







१३ भाद्र २०८२, शुक्रबार ०९:५० 








