यस वर्षका रिलिज हुन बाकी ५ ठुला चलचित्र

...

काठमाडौँ। यतीबेला नेपाली सिने उद्योगमा फिल्मको बाढी लागी रहेको छ । एक महीनामा चलचित्र विकास बोर्डमा १०० भन्दा बढी चलचित्र दर्ता भएको आँकडा छ । अब कुरा गरौँ रिलिज हुन बाकी ५ ठुला चलचित्र ‘एक्लो’, ‘बलिदान’, ‘माइतीघर’,  ‘जारी २ : सङ अफ च्याब्रुङ’, र ‘हरिबहादुरको जुत्ता’ को ।

‘बलिदान’-

नवनायक समीर भटको क्रेज र यस फिल्मका निर्देशक सन्तोष सेनको फिल्म मेकीङ शैलीका कारण ‘बलिदान’ चलचित्रले निकै हाइप पाईरहेको छ । यो चलचित्र यस वर्षकै बहु -प्रतीक्षित चलचित्र पनि हो । फिल्मको टीजर,पोस्टरले दर्शकको मन जितिसकेको छ । दसैँको फूलपातीको अवसरमा असोज १३ मा प्रदर्शनमा आउने यस चलचित्र हेर्न दर्शक आतुर छन् ।

balidan-

‘माइतीघर’-

यस्तै अर्को ठुलो चलचित्र रहेको छ ‘माइतीघर’ । यो फिल्मको चर्चा झन् अर्कै लेभलमा छ । ‘माइतीघर’को एउटा शीर्ष गीत तयार पार्नका लागी मात्रै ५० लाख खर्च भएको निर्माता बत्ताउँछन् । अब एउटै गीत ५० लाख लगाएर बनाइएको फिल्मको कुल बजेट कति होला अनि फिल्म मेकीङ कस्तो होला आफै अनुमान लगाउनुस् । रोहित अधिकारी निर्माता रहेको यस आउँदो फूलपातीमा प्रदर्शन मिति घोषणा गरिएको  छ । चलचित्रमा माग्ने बूढाको साथमा प्रकाश सपूत, धिरज मगर, उपासनासिंह ठकुरी लगायत कलाकार छन् । चलचित्रको निर्देशन मिलन तामाङले  गरेका छन् ।

maitighar

‘हरिबहादुरको जुत्ता’-

अब कुरा गरौँ अर्को चलचित्र ‘हरिबहादुरको जुत्ता’को । दशैकै फूलपातीको दीन रिलिज हुने यो फिल्ममा हरिवंश आचार्यको निकै लोकप्रिय पात्र हरी बहादुर पुन पर्दामा देख्न पाइने छ । सरोज ओली र मोहित वंश आचार्यले निर्माण गरेको यस चलचित्र मा स्वस्तिमा खडुका,प्रकाश सपुत,हरिवंश आचार्य मुख्य भूमिकामा छन् । यतीबेला फिल्मको गीत ‘बेला बितेसी’ ले निकै चर्चा पाई रहेको छ ।

haribahadur ko jutta

‘जारी २ : सङ अफ च्याब्रुङ’-

यो वर्ष रिलिज हुने अर्को ठुलो चलचित्र हो जारी २ : सङ अफ च्याब्रुङ’। केही वर्ष अघि रिलिज भएको जारी चलचित्र को अपार सफलतापछि यसैको अको सृङखला जारी २ घोषणा गरिएको हो । उपेन्द्र सुब्बाको लेखन तथा निर्देशन रहने यो फिल्ममा दयाहाङ राई, मिरुना मगर, विजय बराल, ऋचा शर्माको शीर्ष भूमिका हुनेछ ।

jaari-2-

‘एक्लो’-

अब कुरा गरौँ अर्को चर्चामा रहेको फिल्म ‘एक्लो’को । प्रदीप शाहीको निर्देशित फिल्म ‘एक्लो’मा प्रदीप खड्का मुख्य भूमिकामा छन् । आगामी पुस महिनामा क्रिसमसको अवसर पारेर रिलिजमा आउने फिल्ममा प्रदीपसँगै विजय लामा, दिया पुन, कविता नेपाली, बेनिशा हमाल लगायतको अभिनय रहनेछ । फिल्म राजकुमार गुरुङ, हरि श्रेष्ठ, विष्णु तामाङ, उत्सव विष्ट, भाइ राजा थापा, नवीन सिवा, बागवीर पुन, भुवन अधिकारी, सङ्गीता वादी श्रेष्ठ, रितेश राना, सुशील प्रजापति र शशीकला गुरुङ छन् भने कार्यकारी निर्माता विनोद सुवेदी ‘क्षितिज’ हुन् ।