काठमाडौँ।विगत एक वर्ष यता अभिनेता विजय बराललाई फिल्म साइन् गर्न भ्याई न भ्याई छ। उनलाई लिएर चलचित्र बनाउन निर्माताहरूको होडबाजी छ। यतिबेला चर्चाको केन्द्रमा रहेका विजय बराल भन्छन्, ‘निर्माताले ५० ६० लाख दिन्छु भन्नुभयो भने पनि म त्यो फिर्ता गर्छु । त्यति धेरै रकमको भार मैले थाम्न सक्दिन । म यती धेरै पारिश्रमिक लीन योग्य छैन । उनी थप सुनाउँछन् म राम्रो कथामा सामान्य पारिश्रमिक लिएर काम गर्छु । निर्मातालाई पैसा भन्दापनी राम्रो कथा लिएर आउनुहोस् भन्छु।’
‘पूर्ण बहादुरको सारङ्गी’ चलचित्र ब्लकबस्टर भएपछि विजय बरालको पारिश्रमिक बढ्यो उनी ५० लाख ६० लाख लिएर फिल्म गर्छन् भन्ने हल्ला प्रस्ट्याउँदै उनी भन्छन्, ‘म यती धेरै पैसा कमाउँछु ५० -६० लाख रकम पारिश्रमिक लिन्छु भनेर सहर आएकै होइन । यस कारण म साधारण जीवन जिउँछु । दिल खोलेर काम गर्छु तर वर्षौ काम गर्छु ।’







१३ भाद्र २०८२, शुक्रबार १५:३३ 








