सुरक्षा पन्तको ‘धागो’ कात्तिक २८ मा

...

काठमाडौं । चलचित्र ‘धागो’ कात्तिक २८ गते रिलिज हुने भएको छ । शुक्रबार पोस्टर सार्वजनिक गर्दै निर्माण पक्षले चलचित्र बारे जानकारी गराएको हो। चलचित्रले नेपाल–भारत सीमावर्ती क्षेत्रमा बसोबास गर्ने नेपाली परिवारहरूको जीवन, उनीहरूको आपसी भावनात्मक सम्बन्ध र सांस्कृतिक धागोलाई केन्द्रमा राखेको स्रोतले बताएको छ  ।

चलचित्रमा सुरक्षा पन्तसँगै भारतको वेस्ट बंगाल डुवर्सका प्रभात थापा र मिस दार्जिलिङ तथा मिस नर्थ इस्ट भारत विजेता सुरभी थापा पनि प्रमुख भूमिकामा देखिनेछन् । ‘धागो’लाई उदीप राणा थापाले निर्देशन गरेका छन् ।